
काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रातरात चितवनबाटो पोखरा लगिएको र दुर्व्यवहार भएको घटनामा मानव अधिकार आयोगले एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीसँग बयान लिएको छ ।
आयोगले घटनाबारे जानकारी लिन आईजीपी बसन्तु कुँवरलाई बोलाएको थियो । तर आईजीपीले आफू काठमाडौं बाहिर रहेको भन्दै एआईजीलाई पठाएका हुन् ।
घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया