
धादिङ, २३ मंसिर । धादिङको कृष्णभीरमा आज बिहान ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएको चालक र सहचालकको खोजीका लागि गोताखोरको टोली परिचानलन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरको टोली परिचालन भएको हो ।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता छन् ।








प्रतिक्रिया