२५ जेष्ठ २०८३, सोमबार

 देश छोडेर भागे सिरियाली राष्ट्रपति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । सिरियामा विद्रोहीहरुले राजधानी दमास्कससहितका धेरै सहरहरुलाई नियन्त्रणमा लिएका छन् ।

विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस)ले सेनाका धेरै ट्याङ्क पनि आफ्नो नियन्त्रणमा लिएका छन् । सिरियाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

सिरियाली सरकारको नियन्त्रणमा रहेका सहर र सैन्य अड्डाहरू विद्रोहीहरुले कब्जा गरेका छन् । उनीहरुले अब सिरिया अब स्वतन्त्र भएको दाबी गरेका छन् ।

यसैबीच, सिरियाका राष्ट्रपति बसर अल असदको विमान आकाशमा उडेको देखिएपछि उनी परिवारसहित देश छोडेर भागेको अनुमान गरिएको छ । राष्ट्रपति बसरले शनिबार साँझ नै देश छोडेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी रुसको शरणमा पुगेका छन् ।

यसअघि विद्रोहीहरूले दमास्कसबाट केही दूरीमा रहेको राष्ट्रपति असदका पिता तथा पूर्व शासक हाफेज अल असदको प्रतिमा भत्काएका थिए ।

यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विषयमा ट्वीट गर्दै राष्ट्रपति जो बाइडेनलाई सिरियाको विषयमा कदम नचाल्न भनेका छन् । ट्रम्पले यो अमेरिकाको लडाइँ होइन भनेका छन् ।