
काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
जारी एनपीएलमा जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।








प्रतिक्रिया