९ असार २०८३, मंगलबार

एनपीएल : आजको पहिलो खेलमा जनकपुर र लुम्बिनी भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

त्यस्तै, आजै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा रहेको छ ।