१ कार्तिक २०८३, शनिबार

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो ।

विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिएका थिए । योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ । ४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ ।