५ श्रावण २०८३, मंगलबार

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको रक्ष्य

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।