९ असार २०८३, मंगलबार

लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ ।

कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गरेपछि लुम्बिनीले पोखरालाई १७१ रनको विजयी लक्ष्य दिएको हो ।

त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहितले ९५ रनको पारी खेले । शतकबाट मात्र ५ रन टाढा रहेका रोहितले ५९ बलमा १० चौका र ४ छक्का हिर्काए ।

टम मूर्सले ४५ रन जोडेको खेलमा सन्दीप जोरा १८ रनमा आउट भए । ओपनरद्धय आसुतोष घीरैया र उन्मक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स मिलेर पाली सम्हालेका थिए ।

बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन् ।

यसअघि जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए ।