
काठमाडौं, २१ मंसिर । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ ।
उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया