२९ जेष्ठ २०८३, शुक्रबार

विपिन जोशी जीवित रहेका इजरायलको दावी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । इजरायलमा हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको दावी गरिएको छ ।

नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरुले अपहरणमा पारेका नेपाली विद्यार्थी विपिन जीवित रहेको बताएका हुन् ।

आज पत्रकारहरूसँग छलफल गर्ने क्रममा इजरायली राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन्।

उनले पत्रकारहरुसँग भने, ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन।’