२४ जेष्ठ २०८३, आइतबार

बिआरआई ऋण होइन, बेइजिङमा ऋणको कुरा पनि उठेन : प्रधानमन्त्री ओली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण नभएको दोहोर्‍याएका छन् ।

आज चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले बिआरआई परियोजना ऋण नभएको र यसअघि पनि ऋण होइन भनेर धेरै पटक भनिएको स्मरण गराएका हुन् ।

‘अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भनेर भनेर धेरै पटक भनिएको छ। अब धेरै दोहोर्‍याउन नपरोस्। ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन,’ प्रधानमन्त्री ओलीले भने।

बेइजिङमा छलफलमा ऋणकोसम्बन्धी कुरा पनि नउठेको उनले स्पष्ट पारे ।