२४ जेष्ठ २०८३, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान साढे ८ बजे बस्दै छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलनलगायत विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।