९ असार २०८३, मंगलबार

आफ्नै घरको शौचालय बाहिर लडेर एक युवकको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ कल्यानटारमा आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय उद्वव राई रहेका छन् ।

उनी मंगलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर लडेर बेहोस भएका थिए ।

राईलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा गएराति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको शव हेटौंडा अस्पतालको शव गृहमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।