
चितवन, १८ मंसिर । चितवन भरतपुरको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ ।
काठमाडौंबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लामिछानेलाई बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रास्वपाका कार्यकर्ताहरुले विमानस्थल बाहिर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेलसमेत भएको थियो ।
चितवनका सहकारी पीडितहरुले लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।








प्रतिक्रिया