
चितवन, १८ मंसिर । चितवन भरतपुरको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज चितवन ल्याइँदै छ ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा शुक्रबारदेखि थालिएको हिजो सोमबार बयान सकिएको थियो ।
लामिछानेलाई काठमाडौंबाट हवाई मार्गमार्फत चितवन ल्याउन लागिएको हो । अहिले भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । लामिछाने विमानस्थलमा अवतरण गर्नासाथ सिधै सरकारी वकिलको कार्यालयमा लैजाने प्रहरीको तयारी रहेको छ ।
यहाँका सहकारी पीडितहरुले लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।








प्रतिक्रिया