१ असार २०८३, सोमबार

यस्तो छ आजको मौसम पूर्वानुमान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहेको छ । तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।