५ श्रावण २०८३, मंगलबार

कांग्रेसले गुमायो जाजरकोटको नलगाड, माओवादीकी लामिछाने विजयी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १७ मंसिर । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने विजयी भएकी छन् । उनले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्द्राचन्द सिंहले ३ हजार १४७ मत ल्याइन् । यहाँ नेकपा (एमाले)की सुनिता बोहराले २ हजार ५४२ मत ल्याइन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा उपप्रमुखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् ।

उनको गत वर्ष कात्तिक १७ गतेको भूकम्पमा मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा निर्वाचन भएको हो ।