२२ असार २०८३, सोमबार

कीर्तिपुरमा मतगणना जारी, कांग्रेसका डंगोलको अग्रता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । जारी मतगणनामा डंगोलले ७८९ मतसहित अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४६५ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ४१८ मत र दिनेशकुमार अधिकारीले २३६ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।