
काठमाडौं, १७ मंसिर । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ । जसको कारण तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।








प्रतिक्रिया