४ असार २०८३, बिहिबार

काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

आइतबार भएको उपनिर्वाचनमा २ हजार ९०२ मत प्राप्त गर्दै श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएकी हुन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाए । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।