२५ असार २०८३, बिहिबार

झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ मंसिर । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा (एमाले)का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

ओली कांग्रेसका बागी उम्मेदवार हुन् ।