
दैलेख, १७ मंसिर । दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेकपा (एमाले)का लालबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत प्राप्त गरे ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।
निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए ।









प्रतिक्रिया