२४ असार २०८३, बुधबार

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जगंबहादुर शाही विजयी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १७ मंसिर । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का जगंबहादुर शाही विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा शाहीले नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीलाई ४५२ मतले पराजित गरेका हुन् । एमालेका शाहीले ३ हजार १२७ मत प्राप्त गर्दा कांग्रेसका भण्डारीले २ हजार ६७५ मत पाए ।

यसैगरी, माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८ सय ४२ मत प्राप्त गर्दा रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरे ।

यहाँ यसअघि गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो ।