२३ असार २०८३, मंगलबार

यी हुन् हालसम्म एमालेबाट निर्वाचित ५ वडाध्यक्ष

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले)ले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् ।

यसैगरी, एमालेबाट रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ, दैलेखको दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् ।

यसका साथै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।