२६ असार २०८३, शुक्रबार

ताप्लेजुङ सिरिजङ्गा ३ को वडाध्यक्षमा एमालेकी सावादेन विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

सावादेनका निकटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । साथै, नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे ।

कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो । जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।