२४ असार २०८३, बुधबार

स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १७ मंसिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।

आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।

भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेकी छन् । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् ।

गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।