
हेटौंडा, १७ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिएकी छन् ।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । साथै, नेकपा (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेकपा (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए ।








प्रतिक्रिया