७ श्रावण २०८३, बिहिबार

शुद्धोधन गाउँपालिका १ को अध्यक्षमा एमालेका मुसलमान विजयी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । आइतबार समपन्न उपनिर्वाचनमा उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे । जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेकपा (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेकपा (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत पाए ।