९ असार २०८३, मंगलबार

कीर्तिपुर र काठमाडौं-१६ मा मतगणना जारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । काठमाडौंका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौं, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गरेकी छन् ।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेकपा (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

यसैगरी, कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरेका छन् ।