
काठमाडौं, १६ मंसिर । आज भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई नेपाली काँग्रेस भारी भएको छ । यसअघि माओवादीले जितेका स्थानमा काँग्रेसका उम्मेद्वार विजयी भएका हुन् ।
यसैबीच, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिँह विजयी भएका हुन्।
विजयी सिंहले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे। नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरे।
यहाँ यसअघि माओवादीका मनबहादुर घर्ती निर्वाचित भएका थिए।








प्रतिक्रिया