
काठमाडौं, १६ मंसिर । मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्वा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिट दरपिठ भएको छ ।
सर्वोच्च अदालतले आज रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरेका हुन् ।








प्रतिक्रिया