१५ असार २०८३, सोमबार

स्वामीकार्तिक खापर गाउँपालिकामा उत्साहपूर्ण रूपमा मतदान जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ मंसिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन अन्तर्गत उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ ।

उपाध्यक्ष पदका लागि भइरहेको निर्वाचनका लागि नौ वटा मतदान केन्द्र तोकिएको छ ।

उपाध्यक्षका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी (बुढा), नेपाली काँग्रेशबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार रहेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना, वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् ।