२४ जेष्ठ २०८३, आइतबार

राष्ट्र बैंकद्वारा ५० करोडको निक्षेप संकलनका लागि आवेदन आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागिअनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।

बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ’लगानीका साधन (डेपोजिट कलेक्शन)’ कार्यक्रमको व्यवस्था गरिएको छ।

यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनु पर्नेछ । बिडिङ प्रक्रियामा समावेश हुनचाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइट मार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको हो ।

सूचनामाउल्लेख गरिएका मुख्य बुँदाहरूः

संकलनको नाम : लगानीका साधन (डेपोजिट कलेक्शन)
अनलाइन बिडिङ प्रणाली : मंसिर १६ गते दिउँसो २ बजेबाट ।
निक्षेपअवधि : ७ दिन,
सहभागिताको नियम : ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने ।