
धनकुटा, १६ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ ।
सहिदभूमि–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन् । भीरबाट करिब तीन सय मिटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् । उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
पञ्चकृष्ण माध्यमिक विद्यालयमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधबार साप्ताहिक बिदा दिने चलन रहेको छ ।








प्रतिक्रिया