१० असार २०८३, बुधबार

स्थानीय तह उपनिर्वाचन : हेटौंडा-१२ मा मतदान जारी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ मंसिर । स्थानीय तह उपनिर्वाचन-२०८१ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान जारी रहेको छ ।

बिहान ७ बजेदेखि मतदान जारी रहेको हो । मतदाताहरू बिहान ४ बजैदेखि नै मतदान केन्द्रमा लाइनमा बसेका थिए ।

वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार यस वडामा कुल ८ हजार ५३ मतदाता रहेको छन् । गत स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५८८ मतदाता थप भएको उनले जानकारी दिए ।

मतदान प्रक्रियाका लागि प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ गरी कुल ९ वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।