१४ असार २०८३, आइतबार

बझाङको सुर्मा-४ मा मतदान जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ मंसिर । बझाङको सुर्मा गाउँपालिका-४ मा वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।

सुर्मा माध्यमिक विद्यालयमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत उनको भनाइ छ ।

सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

वडाअध्यक्षको पदका लागि नेपाली कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा गरी ३ जनाको उम्मेदवारी परेको छ ।

सुर्मा-४ मा कुल १ हजार ५ सय ५४ जना मतदाता रहेका छन् ।