२ श्रावण २०८३, शनिबार

एड्सबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । माइती नेपालले एचआईभी एड्सका कारण मृत्यु भएका मानिसको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

शनिबार गौशाला प्रहरी चौकी अगाडि दीप प्रज्वलन गरिएको हो । सोही क्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको भन्दै त्यसैको सन्दर्भमा दीप प्रज्वलन गरिएको बताइन् ।
यस्तै, उनले माइती नेपालले ३० वर्षदेखि यो काम गर्दै आएको पनि बताइन् ।

उनले भनिन्, ‘भोलि एड्स दिवस हो, त्यसको लागि भनेको हामीले यो दीप प्रज्वलन गरेका हौँ । हामीले यो ३० वर्षदेखि गर्दै आएका छौँ । जो जो यो एड्सको रोग लागेर बित्नु भयो उहाँहरुको सम्झनामा हामीले यो दीप प्रज्वलन गरिरहेका छौँ । एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता दिएको जस्तो लाग्दैँन् । धेरै यो रोगबाट अझै पीडित छन् ।’