२५ असार २०८३, बिहिबार

चीन जानुअघि झलनाथ खनालले भने : बीआरआईबारे विवाद अनावश्यक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल शनिबार चीन प्रस्थान गरेका छन् । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन् ।

चीन प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा नेपालको विकास र निर्माणका अनेकौ सहयोगहरु आवश्यक रहेको बताए । उनले बीआरआई चीनले अगाडि सारेको र यस बारेमा नेपालमा भइरहेको विवाद अनावश्यक भएको प्रतिक्रिया दिए । साथै, मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागि हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ ।

साताव्यापी भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।