२१ असार २०८३, आइतबार

सरकारी वकिलबाट ‘क्लिन चिट’ पाएका कोशीका पूर्वमन्त्री अधिकारीविरूद्व सर्वोच्चमा रिट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सरकारी वकिलको कार्यालय र अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय बदर गर्न माग गरेका छन् ।

बिना कुनै तर्कपूर्ण आधार प्रहरीद्दारा अनुसन्धानमा प्राप्त प्रमाणहरुलाइ पूर्णरूपले नजरअंदाज गरी अधिकारीलाई मुद्दा नचलाउने निर्णय प्रथम दृष्टि मै गैरकानूनी, बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएको उनले बताएका छन् ।

त्रिपाठीले संविधानको धारा १३३ (२) (३) बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्दारा बदर गर्दै अधिकारीलाइ तत्काल पक्राऊ गरी प्रभावकारी अभियोजन गर्न परमादेशको माग पनि गरेका हुन् ।