२२ असार २०८३, सोमबार

कोशीमा एमाले–काँग्रेस संयन्त्रको बैठक सम्पन्न, के–के निर्णय भयो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ मंसिर । कोशी प्रदेशमा सत्तारूढ दल नेकपा (एमाले) र नेपाली काँग्रेसको दुई दलीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

एमालेका स्थायी समितिका सदस्य शेरधन राइको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस कोशी प्रदेश सभापति उद्दब थापा साथै प्रदेशका मन्त्रीहरु र संयन्त्रका सदस्यहरु बैठकमा सहभागी थिए ।

बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन साथै सरकारको कामलाई प्रभावकारी बनाउने लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै निर्णय गरेको छ ।

यी हुन् बैठककका निर्णयहरू–

१. प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन-

– माननीय मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यन्वयनमा विशेष ध्यान केन्द्रित गर्ने ।

– बजेट संशोधनको तयारी शुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक माँगहरुलाई आधार मानी कार्यन्वयनयोग्य कार्यक्रमहरुमा बजेटलाई केन्द्रित गर्ने ।

– प्रदेश सरकारबाट सञ्चालित बहुबर्षिय वा अन्य प्रकृतिका आयोजनाहरुको स्टाटस केलाई क्रमशस् सम्पन्न गर्ने गरि आयोजनाहरुको बर्गिकरण गरि निर्माण कार्य सम्पन्न गर्दै जाने गरि बजेटलाई केन्द्रित गर्ने ।

– प्रदेश सरकारका सामु रहेका चुनौतिहरुलाई सामना गर्न नियमीत छलफल, परामर्श र समीक्षा गर्दै अवसर र संभावनाहरुको अधिकतम उपयोग गर्ने ।

– दुई दलिय संयण्त्र मार्फत समेत केन्द्रबाट पहल गरि विभिन्न शिर्षकहरुमा थप बजेटका लागि पहल गर्ने ।

२. प्रदेश सरकारको महत्वपुर्ण र प्राथमिकता प्राप्त कार्यक्रमहरु-

– प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन बर्ष महोत्सव लगायतको तयारी र ब्यवस्थापन राम्रो गर्ने, निजी क्षेत्र सबैलाई समेटने र भुमिका दिने ।

– उपरोक्त सम्मेलन र महोत्सवहरुलाई ऐतिहासिक र उपलव्धीमुलक बनाउने, अर्थात राम्रो र भव्य बनाउन ध्यान दिने ।

– लगानी सम्मेलन सम्बन्धमा निजी क्षेत्रबाट केही असन्तुष्टिहरु ब्यक्तिगत र संस्थागत रुपमै रहेको छ भन्ने बिषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने र संयन्त्र मार्फत समेत आधिकारिक कुराहरु बुझि सरकारलाई संयन्त्रले आवश्यक सुझाव दिई सहजीकरण गर्ने ।

३. सरकारको कामलाई प्रभावकारी बनाउन-

– नियमित सरकारले आन्तरिक रुपमा समीक्षा गर्ने ।
– दुई दलिय संयन्त्र र सरकारबीचको छलफललाई समेत नियमीत गर्ने ।

४. प्रदेश सरकारले गरेका राम्रा कामहरुलाई जनस्तरमा पुर्‍याउन-

– प्रदेश सरकारबाट शुरुवातीबाटै भएका गरिएका अहिले सम्मका राम्रा कामहरुलाई ब्यापक रुपमा जनस्तरमा स्थापित गर्न सरकारले आवश्यक सामाग्री निर्माणको काम गर्ने ।

– सरकारी संयन्त्र र दलिय संयन्त्र मार्फत पार्टी पंक्तिलाई परिचालन गरी जनस्तरमा पुर्‍याउने।

५. समसमायिक बिषयहरुका बारेमा-

– प्रदेश सरकार मातहतका सहकारीहरुको बचत, लगानी र अन्य अपचलन लगायतको बिषयहरुको अधययन गर्न सरकारले एक समिती गठन गर्ने ।

– पाथीभरा केवलकार निर्माण प्रक्रियामा देखिएक‍ो द्वन्द र झडपबाट उत्पन्न समस्या समाधानका लागि तत्काल सरकार र दुई दलिय संयन्त्रले आ-आफ्नो तर्फबाट निर्माण कम्पनी र आन्दोलनरत पक्षसंग वार्ता र संवाद गरि उपयुक्त निकास लिने ।

– प्रदेश नामाङ्कन बिषयलाई लिई आन्दोलनरत पहिचानबादीहरुसंग समेत वार्ता समिती बनाई सरकारले संबाद गर्ने । दुई दलिय संयण्त्रले समेत आवश्यक संबाद र सहजीकरण गर्ने ।

– एशियन हाइवे (पूर्ब पश्चिम) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपुर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा समेत सम्बन्धित पक्षहरुसंग तत्काल संबाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने ।

– अनेकन बहानामा सामाजिक सद्भाव र सहिष्णुता भडकिन र भडकाउन गरिने प्रयासहरुका बारे सरकार र दुई दलिय संयन्त्र सचेत रहने ।