
रामेछाप, १४ मंसिर । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रामेछापतर्फ गइरहेको ७१२३ नम्बरको गाडी गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुईजना पुरूष, दुईजना महिला र एकजना बालक रहेका छन् । गाडीमा ८ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया