
काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
महासचिव शंकर पोखरेलले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा लगाएर स्वागत गरेका हुन् । एमालेमा प्रवेश गर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत छन् ।
विगतमा लामो समय कम्युनिष्ट आन्दोलनका साथै एमालेमै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेकपा (एकीकृत समाजवादी) को औचित्य नभएको र भविष्य सकिएको बताए ।








प्रतिक्रिया