३ असार २०८३, बुधबार

गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ मंसिर । हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।

गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ ।

गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार रुपैयाँ खर्च भएको छ । साथै, गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा कोषबाट पाँच लाख २८ हजार रुपैयाँ सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत एक लाख पाँच सय रुपैयाँ आर्थिक सहयोग परिचालन गरिएको अध्यक्ष लिङ्देन बताए ।