७ असार २०८३, आइतबार

यू-१९ एसिया कप : नेपाल र श्रीलंका भिड्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुने छ ।

आठ देश सहभागि एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् ।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताको  सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुँदैछ ।