१ असार २०८३, सोमबार

एमाले उम्मेदवार बोहरा सवार गाडीमा ढुंगा प्रहार

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १३ मंसिर । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरकी उम्मेदवार नेकपा (एमाले) की सुनिता बोहरा सवार गाडीमा ढुंगा प्रहार भएको छ ।

आज नलगाड नगरपालिका–१ चिउरीमा उनी सवार गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट बोहरासहित सवार रहेको लु२च ६२२४ नम्बरको गाडीको अगाडिको शिसा फुटेको छ । एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीका अनुसार गाडीमा ढुंगा प्रहार गरेको आक्रमणकारी समूह फरार भएको थियो ।

घटनाबारे जिल्ला प्रहरी जाजरकोटलाई जानकारी दिइएको उनले बताए । गाडीमा एमाले पोलिटब्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिका उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा, अनेरमस्ववियूका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती, प्रेस चौतारी जाजरकोटका अध्यक्ष विनोदकुमार घर्ती सवार थिए ।

आक्रमण कसले गरेको भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।