
काठमाडौं, १३ मंसिर । उच्चपदस्थ व्यक्ति विदेश भ्रमणमा जाँदा विमानस्थलमा विदाई गर्न जानेको कोटा तोकिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उच्चपदस्थ वैदेशिक भ्रमणमा जाँदा बढीमा १४ जना मात्रै बिदाइमा जान पाउने व्यवस्था गरेको हो ।
बिदाईमा कार्यवाहक प्रधानमन्त्री उपप्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र पर्यटनमन्त्री मात्रै सहभागी हुन पाउने भएका हुन् ।
यस्तै, प्रधान सेनापती, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट मन्त्रालयले तोकेको व्यक्ति मात्रै विमानस्थल जान पाउनेछन् ।








प्रतिक्रिया