
मकवानपुर, १३ मंसिर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती लोक सेवा आयोग सदस्यमा रामबहदुर खड्कालाई नियुक्त गरेका छन् ।
बिहीबार प्रदेश प्रमुख देवकोटाले खड्कालाई सदस्यमा नियुक्त गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुनेगरी २ कात्तिकमा राजिनामा दिएपछि यो पद रिक्त थियो ।
दोलखा गौरीशंकर गाउँपालिका-५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्तीका लागि २ मंसिर २०८१ को मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो ।
५ मंसिरमा प्राप्त सिफारिस अनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेका हुन् । उनको सपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।









प्रतिक्रिया