
काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई अनुदानमा सम्झौता हुने बताएकी छिन् ।
आज चीन प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले बीआरआई सम्झौतामा लिने विषयमा काँग्रेस–एमाले एकसाथ रहेको बताएकी हुन् ।
कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी चीन गएकी हुन् ।















प्रतिक्रिया