९ असार २०८३, मंगलबार

क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । बारा कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीले मुख्य अभियुक्त बाराको आदर्शकोतवाल गाउँपालिका-२ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा सैनिक रहेको खुलेको छ ।