
हेटौंडा, १३ मंसिर । मकवानपुरको हेटौंडा-१५ चुरियामाई क्षेत्रमा वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ख ६७३८ नम्बरको मोबिल कन्टेनर अनियन्त्रित भई सडकमा पल्टिएको छ ।
आज बिहान भएको दुर्घटनामा कन्टेनरका चालक मनहरी-६ का ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते चालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनाका कारण पूर्व-पश्चिम राजमार्ग दुवै तर्फ अवरुद्ध भएको छ । प्रहरीले क्रेनको सहयोगमा सडक खुलाउने प्रयास गरिरहेको छ ।











प्रतिक्रिया